काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाए पछि आएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग शनिबार साँझ बालुवाटार भेटघाट गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भगवान रामको जन्मभूमी माडीको अयोध्यापुरी नै भएको बताउँदै प्रधानमन्त्री ओलीले सो स्थानमा रामको भब्य मन्दीर बनाउन निर्देशन दिनुभयोे ।
माडीको अध्योध्यापुरीलाई धामको रुपमा विकास गर्न योजनाबद्ध रुपमा काम गर्ने प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन प्रधानमन्त्री ओलीले निर्देशन गर्नुभएको माडी नगरपालिकाका एक जनप्रतिनिधिले जानकारी दिए ।
माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो ।