अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो,’ ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ । राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरिद प्रक्रिया ४५ दिनअघि सक्नुपर्ने देखिएको छ ।
टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण रोक्न विश्वका विभिन्न मुलुकमा लकडाउन भएपछि टिकटक डाउनलोड गर्नेको संख्या बढेको थियो ।