काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाको क्वारेन्टीनमा रहेकी २१ वर्षिय युवतीले आत्महत्या गरकी छन् । जिल्लाको बेथानचोक गाउँपालिका २ गेलुङ बजारमा क्वारेन्टाइन बसेकी २१ वर्षीया महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार ती युवती ६ दिनअघिबाट क्वारेन्टाइनमा बसेकी थिइन् । उनले आज दिउँसो क्वारेन्टाइनको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी दुबइबाट आएकोले क्वारेन्टाइनमा बसेकी हुन् । उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । यद्यपि उनका आफन्तहरुले भने क्वारेन्टाइनको ब्यवस्थापनको कमजोरीका कारण आत्महत्या गर्न बाध्य बनाइएको आरोप लगाएका छन् ।
क्वारेन्टीनमा रहेकी युवतीले आत्महत्या गरेको विषयलाई लिएर स्थानीयले क्वारेन्टीन क्षेत्रमा बिरोध गरेका छन् । बिरोधमा उत्रिएका स्थानीयले स्वास्थ्यकर्मी र प्रहरीलाई कुटपिट गरेका तथा स्वास्थ्य चौकी भवन तोडफोड गरेका स्थानीयले बताएका छन् ।