Aafno Khabar

विद्यालय खोल्ने निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहमा परिपत्र

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन देशभरका सबै स्थानीय तहमा परिपत्र गरेको छ ।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ मन्त्रिपरिषद्काे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो ।

के छ परिपत्रमा ?

पत्रमा शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन बाँकी रहेको भए प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ ।

शिक्षकहरु विद्यालय आउने व्यवस्था मिलाउने, विद्यालय भवन र परिसरमा क्वारेन्टाइन र आइसोलेसन नराख्ने, यस प्रयोजनका लागि प्रयोग भएका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न याेग्य बनाउने उल्लेख छ ।