काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढदै गएपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई को नतिजा सार्वजनिक नगर्ने भएको छ ।
काठमाडौंसहित देशैभरी कोरोना संक्रमित बढदै गएको र नतिजा सार्वजनिक भएपछि विद्यार्थीको गतिविधि बढने भएकाले नतिजा सार्वजनिक तत्काल नहुने बोर्डले जनाएको छ ।
‘विद्यार्थीको नाम थर, प्राप्तांक लगायत नतिजाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भए पनि कोरोना संक्रमण बढदै गएपछि नतिजा सार्वजनिकमा ढिलाई हुने भएको हो ।
चैत ६ गतेका लागि निर्धारित एसईई कोरोनाकै कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।देशभरी एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए।