Aafno Khabar

प्रचण्डको सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

प्रचण्डको सुरक्षाका लागि गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन ।