Aafno Khabar

काेभिड संक्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ७ लाख बढी, प्रत्येक १५ सेकेन्डमा एक जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

काठमाडौं। विश्वभर कोरोना भाइरस (काेभिड १९) काे संक्रमणबाट ज्यान गुमाउनेकाे स‌ंख्या ७ लाख भन्दा बढी भएकाे छ ।

जाेन्स हप्किन्स विश्वविद्यालयकाे काेराेना भाइरस रिसाेर्स सेन्टरकाे तथ्यांक अनुसार विश्वभर ७ लाख ६ हजार ४१ जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । तथ्यांक अनुसार विश्वभर १ कराेड ८७ लाख २७ हजार ५ सय ३० जना काेभिड संक्रमित भइसकेका छन् ।

न्युज एजेन्सी रोयर्टसका अनुसार विश्वमा प्रत्येक १५ सेकेण्डमा कोरोनाबाट एक जनाको मृत्यु भइरहेको छ । प्रत्येक एक घण्टामा २ सय ४७ र एक दिन (२४ घण्टाकाे अवधि)मा ५ हजार ९ सय जनाको मृत्यु भइरहेको छ ।

विश्वमा सबैभन्दा धेरै अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।