Aafno Khabar

इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इन्टर मिलानले गेटाफेलाई तथा युनाइटेडले लास्कलाई पराजित गरेका हुन् ।

बुधबार राति भएको खेलमा इन्टरले गेटाफेलाई २–० ले हरायो भने युनाइटेडले लास्कलाई २–१ गोलले पराजित गर्‍याे । खेलमा मिलानका रोमेलु लुकाकुले खेलको ३३ औं मिनेटमा तथा क्रिस्टियन इरिक्सनले ८३ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, युनाइटेडलाई जित दिलाउन भने जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । जेसे लिंगार्डले खेलको ५७ औं मिनेटमा तथा एन्थोनी मार्सियलले ८८ औं मिनेटमा गोल गरेका थिए ।

लास्कका फिलिप वेइसिंगरले भने ५५ औँ  मिनेटमा एक गोल गरे । अब १० अगस्टमा हुने क्वाटरफाइनलमा युनाइटेडले डेनमार्कको क्लब एफसीसँग खेल्ने छ ।