सर्लाही । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय भएकाे छ ।
कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अति आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको प्रजिअ पौडेलले जानकारी दिनुभएकाे छ ।