Aafno Khabar

फिल्टर भएकाे मास्क नलगाउन विज्ञहरुकाे सल्लाह

  • आफ्नो खबर
  • August 4, 2020 प्रकाशित

विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन सल्लाह दिन थालिएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले स्थानीय नागरिकलाई फिल्टरवाला मास्क नलगाउन आग्रह गरेका छन् । किनकि फिल्टर भएको मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने जोखिम हुन्छ ।

प्राध्यापक ब्रेट सटनले ट्विटरमार्फत भनेका छन्  ‘फिल्टर भएकाे मास्कले आफूमा भएको कोरोना भाइरस साससँगै बाहिर छाड्छ । जसले तपाईंलाई त सुरक्षित राख्न सक्छ तर आफूलाई संक्रमण छ भने अर्काे व्यक्तिलाई असुरक्षित बनाउँछ ।’

फिल्टर राखिएको मास्क काेइला खानी र कारखानामा काम गर्नका लागि बनाइएकाे थियाे । जुन मास्क लामो समयसम्म लगाउन सकियोस् र धुलो छेकोस् भन्ने उद्देश्य थियो । त्यसकारण काेराेना भाइरसबाट बच्न र अरुलाई बचाउनका लागि फिल्टर नभएकाे मास्क लगाउन उपयुक्त हुन्छ ।