काठमाडाैं । भारतीय क्रिकेट बोर्डले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरेको छ । बोर्डका अनुसार आईपीएल खेल सेप्टेम्बर १९ देखि नाेभेम्बर १० सम्म हुनेछ ।
प्रतियोगिता सुरक्षित रुपमा तीन रंगशालामा गरिने बाेर्डले जनाएकाे छ ।
ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता तालिकाअनुसार मार्चमा हुनुपर्थ्यो तर कोरोना भाइरस संक्रमणका कारण पछाडि धकेलिएको हो ।
भारतमा काेराेना महामारी भयावह स्थितिमा रहेकाले आईपीएल यूएईमा हुन लागेकाे हाे ।