Aafno Khabar

उपत्यकामा साेमबार ५१ जनामा कोभिड–१९ संक्रमण

  • आफ्नो खबर
  • August 3, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ । साेमबार देशभर ४ सय १८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

लकडाउन खुला गरेपछि काेराेना संक्रमित बढीरहेका छन् ।