Aafno Khabar

आइतबार थपिए २ सय ४६ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

काठमाडाैं । आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

त्यस्तै, विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ९१ हजार बढीको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।