Aafno Khabar

जनकपुरधाममा साेमबार रातिदेखि निषेधाज्ञा

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

धनुषा । प्रदेश २ को राजधानी जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।

उहाँले अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयाे ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकुल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन सम्बन्धित निकायमा आग्रह पनि गर्नुभएकाे छ ।