काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त र स्वास्थ्य मन्त्री भजन गाउनमा मस्त भएको आरोप लगाउनुभएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा अब सरकारले सुन्ने गरी अब अति भो ! भन्नुपर्ने बेला भएको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ ‘ प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगाेझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ – सरकार अब अति भो ! ’
.@PM_Nepalज्यू पार्टीको खिचातानीमा व्यस्त!स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!
भुसको आगाेझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो!— Gagan Thapa (@thapagk) July 31, 2020