Aafno Khabar

कुकुर्नी बलात्कारको आरोपमा एक पुरुष पक्राउ

  • आफ्नो खबर
  • July 31, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर

काठमाडौं । भारतको महाराष्ट्रको ठाणेमा आवारा कुकुर्नी बलात्कार गरेको आरोपमा ४० वर्षीय एक पुरुष पक्राउ परेका छन् । इण्डिया डटकमको समाचार अनुसार ठाणेको वागले एस्टेटको एक फुटओभर पुलमा गत मंगलबार अपरान्ह करिब साढे ४ बजे उनले कुकुर्नी बलात्कार गरेका थिए ।

सडकमा कुकुरकाे खाना दिने केही युवाहरुले ती पुरुष आपत्तिजनक क्रियाकलाप गरिरहेकाे देखेपछि तत्काल पशु अधिकारकर्मी अदिती नायरलाई खबर गरेका थिए । नायरकै उजुरीको आधारमा स्थानीय पुलिसले आरोपी पक्राउ गरेको हो ।

बुधबार पुलिसले आइपीसी धारा ३७७ (अप्राकृतिक यौन सम्बन्ध) को मुद्दा दर्ता गरेको छ ।