Aafno Khabar

बन्द हाेटल तथा रेष्टुरेन्टहरु विहीबारदेखि खुल्ने

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

काठमाडाैं ।  देशभरका बन्द हाेटल तथा रेष्टुरेन्टहरु विहीबारदेखि खुल्ने भएका छन् । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरका होटल तथा रेष्टुरेन्ट बिहीबारदेखि खुल्ने भएका हुन् ।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेपछि हाेटल तथा रेष्टुरेन्ट आजदेखि खुल्ने भएका हुन् ।

सरकारले आजदेखि हाेटल तथा रेष्टुरेन्ट खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने सम्भावना कम देखिएकाे छ । केही रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन् । सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन ।

होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)ले सरकारले व्यवसायमा फर्कन आह्वान गरे पनि वातावरण सहज भइनसकेकाले अझै अन्याैल नै रहेकाे बताएकाे छ ।

सरकारले गत साउन ५ गते लकडाउन सम्बन्धी निर्णय गरी साउन १५ गते देखि सबै खाले होटल, पर्यटन तथा ट्रेकिङ व्यवसायहरु खोल्न दिने निर्णय गरेको थियो ।

यस्तै. भदाै १ गते देखि लामो दूरीका सबै खाले सार्वजनिक यातायातका साधन र आन्तरिक र बाह्य व्यावसायिक उडानसमेत खुल्ला गर्ने सरकारले निर्णय गरेको छ ।