काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमित संख्या १५ लाखभन्दा बढी भएकाे छ । भारतमा मंगलबार एकै दिनमा ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् भने ७ सय ८१ जनाकाे मृत्यु भएकाे छ । भारतमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या याे अहिलेसम्मकै बढी हाे ।
याेसँगै भारतमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३४ हजार १ सय ९१ पुगेकाे छ । अमेरिका र ब्राजिलपछि भारत विश्वमै सबैभन्दा धेरै संक्रमितभएकाे मुलुक हाे ।
भारतमा मंगलबार सबैभन्दा बढी संक्रमित आन्द्र प्रदेशमा देखिएका छन् । त्यसपछि महाराष्ट्रमा देखिएका छन् । आन्द्र प्रदेशमा ७ हजार ९ सय ४८ जनामा संक्रमण देखिएकाे थियाे भने महाराष्ट्रमा ७ हजार ७ सय १७ जनामा काेराेना देखिएकाे थियाे । यस्तै, कर्नाटकमा ५ हजार ५ सय ३६ जनामा, केरलमा ११ सय ६७ जनामा, पञ्जावमा ६ सय १२ जनामा संक्रमण देखिएकाे छ ।
नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहार र वंगालमा पनि संक्रमितको संख्या बढिरहेको छ । उत्तर प्रदेशमा मंगलबार ३ हजार ४ सय ९० जनामा संक्रमण देखिएकाे छ भने बिहारमा २ हजार ४ सय ८० जनामा र बंगालमा २ हजार १ सय ३४ जनामा संक्रमण देखिएकाे छ । नेपालसँग सीमा जाेडिएका यी राज्यहरुबाट नेपालमा मानिसहरु आवतजावत गरिरहेका छन् ।
नेपालमा पनि लकडाउनकाे अन्त्य भएपछि मंगलबार फेरि काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । मंगलबार नेपालमा ३ सय ११ जनामा काेराेना पुष्टि भएसँगै काेराेना संक्रमितकाे संख्या १९ हजार बढी भएकाे छ । नेपालमा उपत्यकासँगै प्रदेश २ र प्रदेश ५ का भारतसँग सीमा जाेडिएका स्थानमा काेराेना संक्रमितकाे जाेखिम झन् बढेकाे छ ।