काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभयाे ।
नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १ सय ४६ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, ४९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।