Aafno Khabar

सीटीईभीटीको स्थगित परीक्षा भदौ दोस्रो साता

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ ।

सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु