काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त हुनुभएकाे छ । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाल नै नियुक्त गरेको हो ।
खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्स्य सचिव रहनुभएका सिलवाल नयाँ ऐन लागू भएपछि पदमुक्त हुनुभएकाे थियाे ।
युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले तीन जनाको नाममा पेस गरेको थियो । त्यसमा सिलवालसहित बागलुङका लिलबहादुर थापामगर र पूर्व महिला भलिबल कप्तान अञ्जु श्रेष्ठ थिए ।
सदस्य सचिव बन्नका लागि २७ जनाले आवेदन दिएका थिए ।
यस्तै, राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइराला नियुक्त हुनुभएकाे छ ।