Aafno Khabar

साेमबारदेखि पाँच दिनसम्म भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • July 26, 2020 प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ ।

आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । विभागका अनुसार भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ ।