North Korean leader Kim Jong Un holds an emergency enlarged meeting of Political Bureau of WPK Central Committee in this undated photo released on July 25, 2020 by North Korean Central News Agency (KCNA) in Pyongyang. KCNA via REUTERS
उत्तर काेरियामा एक जनामा काेराेना भाइरस संक्रमण भएकाे आशंका गरिएकाे छ । उक्त आशंकापछि उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्यूरो बैठक बाेलाएका छन् ।
कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा उत्तर काेरियामा गएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाली अधिकारीहरुले यसअघि उत्तर काेरियामा कोरोना भाइरसको संक्रमण नभएको दावी गर्दै आएका छन् ।
नेता किमले सीमावर्ती शहर केसोङमा संकटकाल घोषणा गरेका छन् भने लकडाउन गराएका छन् ।
तीन वर्ष अघि दक्षिण कोरिया प्रवेश गरेका एक व्यक्ति उत्तर कोरिया फर्केका हुन् जसमा कोभिड १९ को शंका गरिएकाे छ , स्थानीय समाचार संस्था केसीएनएले भनेकाे छ ।