काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख २८ हजारभन्दा बढी भएकाे छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्ममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख २८ हजार ९०३ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।
यस्तै, कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५२ लाख ९६ हजार ९२६ पुगेको विश्व स्वास्थ्य संगठनकाे तथ्यांक छ । विश्वभर लकडाउन खुकुलाे हुँदा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।
शुक्रबार विश्वमा अहिलेसम्मकै सबैभन्दा बढी २ लाख ८४ हजार १९६ कोरोना संक्रमित थपिएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।