पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले काेपा डि फ्रान्सको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पीएसजीले उपाधि जितेको हो ।
पीएसजीकाे जितका लागि नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्याे । खेलकाे ३१ औँ मिनेटमा कप्तान लोइक पेरिनले केलियन एमबाप्पेमाथि गम्भीर ट्याकल गरेपछि रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । त्यसपछि सेन्ट–इटिएन १० खेलाडीमा सीमित भएकाे थियाे ।
केलियन एमबाप्पे पनि चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए ।
गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।