एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग वाट्फोर्ड पराजित भएको छ । पराजित वाट्फाेर्ड लिगको एक मात्र खेल बाँकी हुँदा रेलिगेशन जोनमा पुगेको हो ।
म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ४–० ले पराजित गरेको हो । सिटीका लागि रहीम स्ट्रर्लिङ्गले २ तथा फिल फोडिन र लापोर्तेले एक–एक गोल गरे । जितपछि दोस्रो स्थानको सिटीको एक खेल बाँकी हुँदा ७८ अंक भएको छ ।
पराजित भएको वाट्फोर्ड १८ औँ स्थानमा छ । वाट्फोर्डको एक खेल बाँकी हुँदा ३४ अंक छ ।
यस्तै, प्रिमियर लिग अन्तर्गत मंगलबार नै भएकाे अर्काे खेलमा आर्सनललाई एस्टोन भिल्लाले पराजित गरेकाे छ ।
मोहम्मद हसनले २७ औं मिनेटमा गरेको गोल नै एस्टाेनका लागि स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।
जितपछि एस्टाेन ३७ खेलबाट ३४ अंकसहित १७ औँ स्थानमा उक्लिएको छ । उसले समान अंक भएको वाट्फोर्डलाई पछि पारेको हो । पराजित भएको आर्सनल ३७ खेलबाट ५३ अंकसहित १० औँ स्थानमा छ ।