Aafno Khabar

मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिए

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

काठमाडाैं । मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन् । अब मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।

विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण भएको छ।

अब विभिन्न अस्पतालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ छ ।