Aafno Khabar

पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । केही दिनयता लगातार परिरहेको पानीका कारण आएको पहिरोमा पुरिएर धादिङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।