Aafno Khabar

रोनाल्डोले २ गोल गर्दा युभेन्टस सिरी ए को उपाधि नजिक

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

एजेन्सी । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसले लाजियोलाई २–१ ले हराएको छ । यो जितसँगै युभेन्टस उपाधिको होडमा बलियो बनेको छ ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५४ औँ मिनेटमा फेरि रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै टिमलाई २–० ले अगाडि राखे ।

८३ औँ मिनेटमा इमोबेलीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अन्तर कम गरेका थिए । तर त्यसपछि दुवै टिमबाट थप अवसर भए पनि गोल हुन सकेन र युभेन्टसले जित निकाल्यो ।

यो जितसँगै युभेन्टसले ३४ खेलमा ८० अंक बनाएको छ । उसले दोस्रो स्थानको इन्टर भन्दा ८ अंकको अग्रता लिएको छ ।

सम्बन्धित शीर्षकहरु