Aafno Khabar

यो वर्षको बालोन डी’ओर अवार्ड कसैलाई नदिइने

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

एजेन्सी । फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर यो वर्ष प्रदान नगरिने भएको छ ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको फ्रेञ्च फुटबलले जनाएको छ । कोरोना संक्रमणका कारण प्रभावित भएको फ्रान्समा यसै कारण फ्रेञ्च लिग पनि हुन सकेको छैन् ।

सन् १९५६ पछि पहिलो पटक यो वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो । बालोन डी’ओरको इतिहासमा विगत ११ वर्षदेखि मेस्सी र रोनाल्डोको दबदवा रहँदै आएको छ । यो अर्वाड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सबैभन्दा बढी ६ पटक जितेका छन् । यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।