फेसबुकले मेसेन्जरमा ‘स्क्रिन शेयरिङ’ फिचर थप गरेको छ । फेसबुकका अनुसार अब मेसेन्जर एप्लिकेशन प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन आउनेछ । अहिलेसम्म यो फिचर मेसेन्जरको वेब भर्सनमा मात्र उपलब्ध थियो जुन अब एप भर्सनमा पनि समेटिएको हो ।
फेसबुकका अनुसार फेसबुकको भिडियो कन्फ्रेन्सिङ सर्भिस ‘मेसेन्जर रुम्स’ मा पनि यो फिचर उपलब्ध हुनेछ ।
मेसेन्जर एपमा यो नयाँ फिचरबाट ‘वान टु वान’ भिडियो कलका साथै आठ जनासम्मले ग्रुप भिडियो कल गर्न सकिनेछ । आगामी दिनमा ५० जनासम्म यो फिचरमार्फत जोडिन सकिने फेसबुकले बताएको छ ।
यसका लागि प्रयोगकर्ताले मेसेन्जर एप्लिकेशनमा लगइन गरेर खोलेपछि आफ्नो साथीलाई भिडियो कल गर्नुपर्ने हुन्छ । कल जोडिएपछि स्क्रिनको पुछारमा रहेको ट्याबमा ‘शेयर योर स्क्रिन’ अप्सन देखिनेछ । त्यसमा ट्याप गरेपछि भिडियो कलमा जोडिएको मेसेन्जर प्रयोगकर्ताले स्मार्टफोनको स्क्रिन देख्न सक्नेछ ।
कोरोना भाइरसको महामारीपछि भिडियो सेयरिङ एप्लिकेशनहरुको प्रयोग ह्वात्तै बढेपछि फेसबुक मेसेन्जरले पनि यो फिचर थप गरेको हो ।