स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । बिहीबार राति भएकाे खेलमा भिल्लारियल रियल मड्रिडसँग २-१ ले पराजित भएपछि रियलले ३४ औं पटक लिगको उपाधि जितेको हो ।
रियल मड्रिडका लागि दुबै गाेल करिम बेन्जिमाले गरे । घरेलु मैदानमा भएको खेलमा रियलर मड्रिडले सुरुवाती अग्रता बनाएकाे थियाे । खेलको २९ औं मिनेटमा लुका मोड्रिचको पासमा करिम बेन्जिमाले गोल गरे ।
त्यसपछि ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरेर अग्रता दोब्बर पारे । भिल्लारियलका लागि ८३ औँ मिनेटमा इबोराले एक गोल फर्काएका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल मड्रिड विजयी भयो ।
लिग अन्तर्गत अब रियलले एक खेल खेल्न बाँकी छ ।
बिहीबार राति नै भएको खेलमा बार्सिलोना भने ओसासुनासँग २-१ ले पराजित भयो । घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पराजित भएको हो । बार्सिलोनाका लागि लियोनल मेस्सीले ६२ औँ मिनेटमा गोल गरे पनि हारबाट जोगाउन सकेनन् ।
ओसासुनाका लागि १५ औँ मिनेटमा अर्नाइज र इन्जुरी समयको चौथो मिनेटमा टोरेसले गोल गरे । लिगको एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियल मड्रिडको ८६ तथा दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ ।