तनहुँ । पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको पहिराेमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनसार व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको छ । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् ।
यही ठाउँकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराेले पुरिएर मृत्यु भएको छ । त्यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ ।
ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराेले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् । स्थानीयका अनुसार स्थानीय नानुमाया थापा उनकी छाेरी अमिषा थापा, मानदेव थापा र उहाँकी श्रीमती मनिसरा थापा बेपत्ता छन् ।