इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामकाे घरेलु मैदानमा भएकाे खेलमा आर्सनल २–१ ले पराजित भएकाे हाे ।
आर्सनलले खेलकाे १६ औँ मिनेटमा गाेल गरेर सुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि लेक्सान्डर लाकाजेटीले गाेल गरेका थिए । आर्सनलले सुरुवाति अग्रता लिए पनि जोगाउन सकेन ।
त्यसकाे तीन मिनेटमा नै सन हेङ्ग–मिनले टोटनह्यामका लागि बराबरी गोल गरे । पहिलाे हाफ बराबरीमा खेलेकाे टाेटनह्यामले फेरि ८१ औँ मिनेटमा गाेल गरी जित निकाल्न सफल भयाे । उसका लागि टोबी अल्डरविरल्डले गोल गरे ।
जितपछि आठौँ स्थानको टोटनह्यामको ३५ खेलबाट ५२ अंक भएको छ । नवौँ स्थानमा रहेको आर्सनलको ५० अंक छ ।