Aafno Khabar

आइतबार थपिए ८२ जना कोरोना संक्रमित

  • July 12, 2020 प्रकाशित

काठमाडौं । आइतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएकाे जानकारी अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

याेसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

त्यस्तै, विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ । विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ ।