Aafno Khabar

अन्तत: लगाए डाेनाल्ड ट्रम्पले मास्क

  • July 12, 2020 प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाएका छन् । कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा रहेका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् । उनले त्यहाँ स्वास्थ्यकर्मी र घायल सैनिकसँग भेट गरेका थिए ।

शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको प्रयाेगकाे पनि समय र स्थान हुन्छ ।’ यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । काेराेना भाइरसकाे महामारीपछि सार्वजनिक रुपमा ट्रम्पले मास्क प्रयाेग गरेकाे याे पहिलाेपटक हाे ।

जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि मास्ककाे प्रयाेग महत्वपूर्ण भएकाे बताउँदै आइरहेका छन् ।