Aafno Khabar

सङ्खुवासभा पहिराे अपडेट : चार जनाकाे जिवितै उद्धार, हराइरहेका ११ जनाकाे पहिचान

  • July 12, 2020 प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिराेमा पुरिएका ४ जनाकाे स्थानीयले जिवितै उद्धार गरेका छन् । पहिराेमा पुरिएर अझै ११ जना बेपत्ता छन् । पहिराेमा ८ घर बगाएकाे स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार पहिराेमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको हाे ।

यस्तै, पहिरोमा राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।

घटनास्थलमा अहिले सिसुवा र ताम्कुबाट प्रहरीकाे टाेली पठाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने बताइएकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।

याे पनि पढ्नुहाेस् ।

संखुवासभामा पहिराे, ११ जना बेपत्ता