नेपाली खेलाडी सन्दिप लामिछाने आवद्ध क्यारेवियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुने भएको छ । ट्रिनिडाड एण्ड टोबागोमा रहेकाे २ ओटा मैदानमा अगष्ट १८ बाट सेप्टेम्बर १० तारिखसम्म प्रतियोगिता हुने भएको हाे ।
प्रतियाेगिता दर्शकबिना नै खाली मैदानमा गराइने भएकाे छ । काेराेना भाइरसकाे प्रभाव कायमै भएकाले खेलाडीकाे स्वास्थ्य मध्यनजर गरी २ ओटा मैदानमा मात्र खेल खेलाउन लागिएकाे हाे । खेलाडिहरुकाे आफ्नाे देशबाट जानुअघि र ट्रिनिडाड पुगेपछि गरी २ पटक काेराेना परीक्षण हुने बताइएकाे छ ।
प्रतियाेगीतामा सहभागी हुने खेलाडी,प्रशिक्षकलगायत सम्बन्धित व्यक्तिहरु ट्रिनिडाड पुगिसकेपछि १४ दिनको सेल्फ आइसोलेसनमा बस्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने छन् ।