काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द भएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाइएको हो ।
बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा राेक लगाइएकाे छ ।
यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री र नेपाल जोडेर आएका विषयवस्तुप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको बताउनु भएकाे थियाे ।
डा. खतिवडाले नेपाली सञ्चारमाध्यममा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रहसहित भारतीय मिडियाहरूमा देखिएको पछिल्लो प्रवृत्तिका लागि राजनीतिक र कानुनी उपचार खोज्नुपर्ने बताउनुभयाे ।
याे पनि पढ्नुहाेस् ।
भारतीय मिडियामा देखिएको पछिल्लो प्रवृत्तिकाे कानुनी र राजनीतिक उपचार खोज्छौं : सञ्चारमन्त्री
भारतीय मिडियाको प्रस्तुतिप्रति नारायणकाजी आक्रामक : ‘हद भयो, बकवास बन्द गर’