Aafno Khabar

लिभरपुलकाे जितमा सलाहकाे २ गाेल

  • July 9, 2020 प्रकाशित

इंग्लिस प्रिमियर लिगमा उपाधि पक्का गरिसकेको लिभरपुलले बुधबार रातिकाे खेलमा ब्राइटनमाथि ३-१ गाेल अन्तरकाे जित निकालेकाे छ ।

अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा भएको खेलमा लिभरपुलले ब्राइटनलाई ३-१ गाेलले पराजित गरेकाे हाे । लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गरे । लिभरपुलका लागि खेलको छैटौं मिनेटमा सलाहले केइटाको पासमा पहिलो गोल गरेका थिए ।

त्यसको २ मिनेटमा सलाहको पासमा जोर्डन हेन्डर्सेनले लिभरपुलका लागि अर्काे गाेल गर्न सफल भए । ब्राइटनका लागि ४५ औं मिनेटमा लियनार्दो ट्रोसार्डले गोल गरी अन्तर कम गरेका थिए ।

लिभरपुलले ७६ औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जितपछि लिभरपुलले ३४ खेलमा ९२ अंक बनाएको छ ।