स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार एथ्लेटिक क्लबसँग भएकाे खेलमा रियलले १-० गोल अन्तरले जितेकाे हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७३ औं मिनेटमा कप्तान सर्जियो रामोसले निर्णायक गोल गरेका हुन् । एथ्लेटिकका डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गर्न सफल भए ।
बाँकी समयमा थप गोल नहुँदा रियल विजयी भयो ।
जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ७ अंकको अग्रता बनाएको छ । रियलले ३४ खेलमा ७७ अंक जोडेको छ भने बार्सिलोनाको ७० अंक छ । तर,बार्सिलोनाले एक खेल कम खेलेको छ ।