Aafno Khabar

अनिकाल निम्त्याउने सलह किराले नेपालमा गर्न थाल्यो बाली नष्ट

  • June 27, 2020 प्रकाशित

काठमाडौं । भारतबाट नेपाल भित्रिएको सलह तराईका जिल्लामा फैलिएर बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन ।

सर्लाहीको नवलपुर, बाराको सिमरा र जितपुर तथा रुपन्देहीको भैरहवा र बुटवलमा सलह भित्रिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पुष्टि गरेको छ । कास्कीको पोखरामा पनि पुगेको आशंका गरिएको छ ।

बिहान ७–८ बजेतिर भित्रिएको सलह सर्लाहीको नवलपुरमा फलफूलका बिरुवा र मकैमा बसेका छन । सिमरा र जितपुरमा काउली, फर्सीको पातलगायत तरकारी बालीमा बसेका छन ।

बुटवलमा भने कागतीको बोटमा बसेको जानकारी आएको मन्त्रालयले जनाएको छ । भारतमा फैलिरहेको सलहको सानो झुन्ड हावाको वेगले उछिट्टिएर नेपालतिर प्रवेश गरेको अनुमान मन्त्रालयले गरेको छ ।