काठमाडौं । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४८६ पुरुष र १०७ महिला रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।
कुल संक्रमितमध्ये १० हजार ५०६ जना पुरुष र १ हजार २४९ जना महिला रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ | नेपालमा कुल संक्रमितमध्ये २ हजार ६९८ जना उपचारपछि निको भएका छन् ।