Aafno Khabar

मोदी गाउँपालिकाले गर्यो जनप्रतिनिधि र कर्मचारीको कोरोना बीमा

  • June 3, 2020 प्रकाशित

पर्वत । मोदी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका १५५ जना कर्मचारी तथा जनप्रतिनिधिको कोरोना (कोभिड–१९) बीमा गरेको छ । गाउँपालिकाका ४४ जना जनप्रतिनिधि तथा १११ जना कर्मचारीको कोरोना बीमा गरेको गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिनुभयो ।

शिखर इन्स्योरेन्स कुश्माबाट गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बीमा गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पहिलो पङतिमा काम गर्ने कर्मचारी र जनप्रतिनिधिको बीमा गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले कोरोना बीमा योजना ल्याएको र यो निकै प्रभावकारी भएको शिखर इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बीमा योजना अनुसार संस्थागत तथा पारिवारीक बीमा गर्दा ६ सय रुपैयाँ लाग्ने र त्यसले १ लाख रुपैयाँ बहन गर्ने तथा व्यक्तिगत बीमा गर्दा १ हजार रुपैयाँ लाग्ने उहाँले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु