रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ ।
रोल्पा नगरपालिकाका २२ वर्षीय युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालले जनाएको छ ।
काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका युवक आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।
ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ। आज रिर्पोट आएपछि मात्र उनको मृत्यु के कारणले भएको हो भन्ने एकिन हुने अस्पतालले जनाएको छ ।