बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको ज्यान कोरोना भाइरसका कारण गएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि क्वारेन्टिनमै ज्यान गएको थियो । बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको ज्यान गएको थियो।
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली रहेका छन् र सबै भारतबाट आएका हुन्।
यसअघि शनिबार नेपालमा कोरोनाबाट पहिलो संक्रमितको मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो।