Aafno Khabar

दार्चुलाको छाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट स्थापना

  • May 13, 2020 प्रकाशित

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक लिलबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । बीओपी स्थापनाका लागि चाहिने हातहतियार,बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट खलंगाबाट छाङरु गएको थियो ।

छाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो । बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ । बुधबार नै खलंगाबाट नेपाल प्रहरीको ८ जनाको टोली पनि सितापुलमा चौकी स्थापना गर्न लगिएको छ ।