काठमाडौं । सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु आजदेखि सशर्त खुला गरेको छ । उद्योग भएका स्थानमा सम्बन्धित स्थानीय निकायमा गठन भएको समितिसँग अनुमति लिएर त्यस्ता उद्योग सञ्चालन गर्ने, सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, कर्मचारी तथा मजदुरहरुलाई बाहिर आउजाउ गर्न नदिने गरी उद्योग भित्रै राखेर काममा लगाउनु पर्ने र यसको खर्च उद्योग सञ्चालकले नै व्यहोर्नु पर्ने उल्लेख छ ।
मन्त्रिपरिषदले बुधबार गरेको निर्णयमा अधिकांश उद्योग सशर्त खुला गरेको हो । यी हुन आजबाट सञ्चालनमा आउँने उद्योगहरु

तर यी क्षेत्र भने खुलाउन पाइने छैन् ।
– बजार, पसल
– सिनेमा घर, सपिङ मल
–स्कुल कलेज
–जिमखाना
–सार्वजनिक यातायात
–निजी सवारी साधनहरु
–कपडा उद्योग
– गैरखाद्यवस्तु बिक्री गर्ने मलहरु ।
–धार्मिक स्थलहरु
– सैलुन
–होटल रेष्टुरेन्ट र भिडभाड हुने क्षेत्रहरु ।
मन्त्रिपरिषदले गरेका निर्णयहरु यस प्रकार छन्ः
–समान ढुवानी गर्ने साधनमा जाँदा र आउँदा एकै व्यक्ति हुनुपर्ने ।
–जेठ १८ गतेसम्म सबै सीमा नाका बन्द । सीमाबाट आउजाउ गर्ने गराउनेलाई कारबाही ।
–यात्रु बोक्ने एम्बुलेन्सलाई कारबाही गरिने ।