Aafno Khabar

इटालीयन क्लव फ्लोरेन्टिनाका तीन खेलाडीमा कोरोना संक्रमण

  • May 8, 2020 प्रकाशित

एजेन्सी । लकडाउन खुकुलो भएसँगै ईटालिमा आन्तरिक अभ्यासका जुटेका फुटबल क्लवका तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । लकडाउन खुकुलो बनेसँगै अभ्यासमा जुटेको ईटालियन क्लब फ्लोरेन्टिनाका तीन खेलाडीमा कोभिड १९ पुष्टि भएको हो ।

त्यहाँको सरकारले सिरि ए क्लबलाई आन्तरिक अभ्यास गर्न अनुमती दिएसँगै फ्लोरेन्टिनाका खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

सरकारले सिरि ए क्लबलाई व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमती दिएको थियो । संक्रमित खेलाडी तथा कर्मचारीलाई अलग गरेर उपचार प्रक्रिया सुरु गरिएको छ । अभ्यासका क्रममा सँगै रहेका अन्य खेलाडीको पनि मेडिकल र फिटनेस परिक्षण गर्ने तयारी गरिएको छ ।

ईटालीले ८ हप्ता लकडाउन गरेपछि विस्तारै प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ ।