Aafno Khabar

ढोरपाटन समाज हङकङ र कांग्रेसले गरे बागलुङका स्थानीय तहलाई सहयोग

  • सित्तल शर्मा
  • May 8, 2020 प्रकाशित

सित्तल शर्मा

बागलुङ । नेपाली कांग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँर नेतृत्वको टोलीले बागलुङको निर्वाचन क्षेत्र–२ ‘ख’ मा रहेका सबै पालिकामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बागलुङ ढोरपाटन समाज हङकङद्धारा उपलब्ध गराइएका थर्मलगन र नेपाली कांग्रेसको तर्फबाट पीपीईलगायत अन्य स्वास्थ्य सामग्री सबै पालिकालाई सहयोग गरिएको हो ।

बिहीबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका तथा शुक्रबार बडिगाड गाउँपालिकामा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कांग्रेस नेता कुँवरले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा नेपालमा यसको संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा बडिगाड गाउँपालिका संयोजक गुणानिधी आर्चाय, नेपाली कांग्रेस वडिगाड गाउँपालिका सभापती अर्जुन खरेल, सित्तल शर्मा लगायतको उपस्थिती रहेको थियो ।

बिहीबार गल्कोट नगरपालिकामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मेयर भरत शर्मा गैरे, उपमेयर रेनुका काउचा, विभिन्न राजनैतिक दलका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।

बिहीबार नै ताराखोला गाँउपालिकामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रकाश घर्ती, कांग्रेस नेताहरु मञ्जेशवम मल्ल, मञ्जु शर्मा चालिसे, वडा अध्यक्ष विरजंग भण्डारी, हेमन्त भण्डारी, समाजसेवी भिमशेन श्रेष्ठ,केयरसिँह खत्री लगायतका जनप्रतिनिधी र राजनैतिक दलका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु